ललितपुर बम बिष्फोटका नाइके प्रहरी फन्दामा


 


काठमाडौं, १४ फागुन ।
गत शुक्रबार ललितपुरमा बम बिष्फोट गराउने नेपाल कम्युनिष्ट पार्टीका नेता पक्राउ परेका छन् । भ्याली कमाण्डका सदस्य रहेका सूर्य भुजेललाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरीको बिशेष ब्यूरो र महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनामा उनी प्रत्यक्ष रुपमा संलग्न रहेको खुलेको छ ।
बिष्फोटमा लमजुङका सिमप्रताप गुरुङको मृत्यु भएको थियो । अन्य दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्