अजम्बरले गरे विद्यालयलाई सहयाेग


 


भाेजपुर, पुस २२

Ajambar rai kangmangलौन केही गरौ अभियान सञ्चालन गर्दे अाएका सङ्घिय समाजबादी फोरम नेपालका नेता अजम्बर राई काङमाङले भोजपुरको उत्तरी गाविस दोभाने–७ तेन्दोस्थित इन्द्रवती माविलाई आर्थिक सहयोग प्रदान गरेका छन् । काङमाङले विद्यालयको बार्षिक उत्सवको अवसरमा नगद रु ३३ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका हुन्।

भुकम्पले क्षती भएको विद्यालययको पुन निर्माणको लागि लौन केही गरौ अभियान मार्फत काङमाङले सहयोग उपलव्ध गराएकाे विद्यालयका प्रधानाध्यापक दौलथ कुलुङले जानकारी दिए । यस अघि पनि काङमाङले जिल्लाकाे विभिन्न ठाउँका भुकम्प पिडितहरुलाई लौ न केही गरौ अभियान मार्फत ४० लाख बढी सहयोग उपलव्ध गराएका थिए ।

प्रकाशित मिति: २२ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्