गगनको प्रश्नः केका र कसका लागि जनमत संग्रह ?


 


२६ फागुन – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच संविधान अन्तर्गत रहेर भएको सहमतिलाई सकारात्मक भएको बताएका छन् ।

तर, यो सहमतिका बारेमा सरकार र अदालतबीच मिलिभगतको अवस्था देखिएको आरोप पनि उनले लगाए ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सहमतिको भाषामा अस्पष्टता रहेको र दुई पक्षले आ–आफ्नै तरिकाले व्याख्या गरेको चर्चा गर्दै प्रश्न गरे– केका लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह ? हामीलाई उत्तर चाहिन्छ । सरकारले यसबारेमा संसदमा छलफलको व्यवस्था गराउन पनि उनले माग गरे ।

यसका साथै सहमतिबारे सरकार र अदालतबीच मिलेमतो त भएको छैन भन्ने प्रश्न उठाएका छन् ।

‘सहमतिको पृष्ठभूमि र शैलीले सरकार र अदालतबीच कतै मिलिभगत त चलिरहेको छैन ? भन्ने गम्भीर प्रश्न उठाएको छ ।’

सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आआफ्नै व्याख्याले सकारात्मक व्याख्यालाई संशयको घेरामा ल्याएको उनले बताए ।

‘केका लागि जनमत संग्रह ? कसका लागि जनमत संग्रहरु हामीलाई उत्तर चाहिन्छ,’ उनले भने, ‘अत सहमतिबारे सदनलाई जानकरी गराउन र यस विषयमा सदनमा छलफलको प्रबन्ध गर्न सरकारलाई सभामुखमार्फत् अनुरोध गर्दछु ।’

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्