यी हुन् बाबुरामकाे नयाँ शक्तिका ३५ सारथी


 


काठमाडाैं, माघ ११

बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद घोषणा भएको छ।आइतबार पत्रकार सम्मेलन गरी घोषणा गरिएको ३५ सदस्यीय परिषदमा नेपाल सरकारका पूर्व सचिवदेखि चलचित्र कलाकारसम्म छन्। संयोजकको जिम्मेवारी आफैंले लिएका भट्टराईले अन्तरिम परिषदमा तीनजना पूर्व माओवादी नेता मात्र समेटेका छन् ।

नयाँ परिषदमा कलाकारहरू अशोक शर्मा, सरोज खनाल, करिश्मा मानन्धर तथा पूर्व सचिवहरू रामेश्वर खनाल र प्रवीण मिश्र छन् । यसैगरी मुमाराम खनाल, पासाङ शेर्पा, गणेश राई, केशव दाहाल, ऋषभदेव भट्टराई, कमला हेम्चुरी, केशवमान शाक्य, गणेशराज राई, चैतन्य सुब्बा, जितेन्द्र महासेठ, टीका गौचन, डम्बर खतिवडा, तिलक थापामगर, दलमर्दन कामी, दुर्गा सोब, देवेन्द्र पौडेल, नत्थुप्रसाद चौधरी, नारायण पाण्डे, पासाङ शेर्पा, मदन राई, मनप्रसाद सुनुवार, मुक्ति रिजाल, मोहनी महर्जन, राजेन्द्र केसी, रामकेवल साह, रामचन्द्र झा, लिली थापा, बिसन राई, सुरेन्द्र चौधरी र हरेराम कोइराला छन् ।

प्रकाशित मिति: ११ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्