मक्कर खड्का : सिद्देश्वर माविदेखि अखिलकाे सचिवसम्म


 


makkarभाेजपुर, फागुन १०

अनेरास्ववियुकाे खुल्लातर्फ सचिव पदमा विजयी बनेका मक्कर खड्का विद्यालयतहदेखी नै अखिलमा संगठित बनेका विद्यार्थी नेता हुन् । भाेजपुरकाे गुप्तेश्वर गाविस ३ मा जन्मिएका ३२ बर्षीय युवा विद्यार्थी नेता खड्का विद्यालयतहबाटै अखिलकाे राजनीतिमा सक्रिय भएका थिए ।

२०५६ सालमा सिद्देश्वर माविमा पढ्दादेखी नै उनी अखिलमा अाबद् भएका हुन् । त्यतिबेला उनि विद्यालयमा सह–सचिवकाे रूपमा संगठन भित्र काम गरेका थिए । २०६० सालमा भाेजपुर क्याम्पसमा पढ्न अाएपछि खड्का क्याम्पसकाे अखिल अध्यक्ष बनेका थिए । उनि अखिललकाे जिल्ला सदस्य हुँदै, जिल्ला सचिव तथा दुई कार्यकाल जिल्ला अध्यक्षकाे भूमिका समेत निर्वाह गरेका विद्यार्थी नेता हुन् ।

२०६० सालमा भाेेजपुर क्याम्पसकाे स्ववियु चुनावमा सचिव पदमा निर्वाचित भएर खड्काले साझा विद्यार्थी नेताकाे भूमिकामा समेत अाफूलाई उभ्याउन सफल भएका छन् । जनकपुरमा भएकाे अखिलकाे २० अाैं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यम निर्वाचित खड्का काठमाडाैंमा भएकाे २१ अाैं महाधिवेशनबाट सचिवालय सदस्य तथा काेशी अञ्चल इन्चार्जकाे कुशल भूमिका निर्वाह गरिसकेका छन् ।

सानै उमेरमा विद्यालय तहबाटै अखिललकाे सक्रिय राजनीतिमा क्रियाशिल खड्का अाइतबार राति घाेषणा भएकाे अखिलकाे अन्तिम मत परिणाममा ६८४ मत ल्याउँदै सचिव पदमा निर्वाचित भएका हुन् । उनि संस्थापन टिमबाट निर्वाचित भएका छन् । खड्काकाे याे सचिव पदसँगै अखिलकाे राजनीतिमा अपराजित यात्रालाइ निरन्तरता दिएका छन् ।

भाेजपुरबाट अखिलकाे राजनीतिमा राजेन्द्र राइपछि मक्कर खड्का दाेस्राे ठुलाे पदमा पुग्ने विद्यार्थी नेता समेत हुन पुगेका छन् । जिल्लामा हुँदा विद्यार्थी राजनीतिमा खड्काकाे छुट्टै इतिहास कायम गरेका छन् । जिल्लाकाे विद्यार्थी राजनीति अान्दाेलनमा खड्काले खेलेकाे भूमिकाकाे अन्य विद्यार्थी संगठनले समेत प्रशंसा गर्ने गर्छन् ।

जनअान्दाेलन २०६२–०६३ ताका थाेरै मान्छे सडकमा अाेर्लिदा खड्का अग्र भागमा देखिन्थे । जिल्लामा गणतन्त्रकाे गर्जन लिएर शेरधन राइहरू अाेर्लदा अखिलबाट ध्रुव राइ, मक्कर खड्काहरू साथमा हुन्थे । याे बेला खड्काले पुलिसकाे बन्दुककाे कुञ्जाकाे कति पनि प्रवाह गरेनन् । जनअान्दाेलनमा प्रहरीकाे धेरै कुटाइ खाने नेतामा मक्कर खड्का पर्छन् ।

प्रकाशित मिति: १० फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्