अब पोष्टपेड नम्बरबाट सिधै विदेश फोन गर्न सकिने


 


भोजपुर जेठ १०

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले जीएसएम मोबाइलका पोष्टपेड ग्राहकलाई सिधै अन्तर्राष्ट्रिय नम्बरमा कल गर्न सकिने (आईएसडी) सुविधा दिने भएको छ । दुई हजार धरौटी राख्नुपर्ने ब्यवस्था हटाएर कम्पनीले सिधै कल गर्न सकिने सुविधा दिएको हो । पुराना पोष्टपेड ग्राहकले एसआईडी सुविधा लिन र्फम भर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनी प्रवक्ता प्रतिभा वैद्यले ग्राहकको मागका आधारमा जीएसएम पोष्टपेड मोबाइलमा आईएसडी सुविधा दिइने बताइन् । समयसँगै प्रतिष्पर्धा र ग्राहकका माग बढ्दै जाने तथा प्रविधिको सहजतासँगै सुविधा थप गरिएको प्रवक्ता वैद्यले बताइन् । जति पनि पुराना ग्राहकले एसआईडी सुविधा लिन कुनै शुल्क नलाग्ने तर फर्म भने भर्नुपर्ने उनले बताइन् । २०७० माघमा टेलिकम पोष्टपेड सिमकार्डका लागि २ हजार १ सय ३० बाट १ हजार ५ सय १० रुपैयाँ घटाएको थियो । शुल्क र धरौटी घटाउनु पनि समयको माग भएको उनको भनाई थियो ।

प्रकाशित मिति: १० जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्