कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन – देउवा


 


काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिलाई सभामुख कृष्णबहादुर महराले नजरअन्दाज गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको जागरण अभियानको उदघाटन गर्दै देउवाले सभामुख महरा प्रति आक्रोश व्यक्त गर्दै गैरसंसदीय शब्द रेकर्डबाट हटाउने हिम्मत नगरेर महरा इतिहाँसकै सवैभन्दा डरपोक र कमजोर सभामुख हुने बताए । उनले सभामुख महरा प्रधानमन्त्री ओलीका सामु निरिह भएर संसदको गरिमा जोगाउन नसकेको बताए ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराए । देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दावी पनि गरे । कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीको नाम समेत स्थिर राख्न नसक्ने कम्युनिष्टले देश स्थिर बनाउनै नसक्ने दाबी गरे । नेता सिंहले संसदमा प्रधानमन्त्रीले विपक्षीमाथि गरेको अपमान जनताको अपमान भएको बताए ।

नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान आजदेखि सुरु गरेको हो । हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस, राष्ट्रिय जागरण अभियान तीन चरणमा सुरु गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्