आईपीएलमा आज दिल्ली र चेन्नई भिड्दै, सन्दीप खेल्छन् कि हेर्छन् ?


 


काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आजको खेलमा  दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । आईपीएलको दोस्रो क्वालिफायर खेलमा दुवै टोली जीत दर्ता गर्ने योजनासहित मैदान उत्रने छन् ।

बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा छ । तेस्रो पटक क्वालिफायरमा स्थान बनाएको दिल्ली यो सिजनको उपाधि उचाल्ने लक्ष्यमा छ

तर नेपाली खेल प्रेमीका लागि भने आजको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पेनर सन्दीप लामिछाने मैदानमा उत्रने कि बेन्चमा बस्ने भन्ने विषयले सताउन थालेको छ।

दिल्लीको टीम व्यवस्थापनले आजको खेलमा पनि यसअघिको टोलीलाई मैदान उतार्ने सम्भावना छ । त्यसैले क्वालिफायरमा नेपाली लेगस्पिनर सन्दीपले भने स्थान पाउने सम्भावना निकै कम छ । यदी सन्दीप टीममा परेनन् भने नेपाली क्रिकेट प्रेमी भने निराश हुनेछन् ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्