संगीत बिनाको जीवन कल्पना गर्न सकिदैन : गायीका कला राई


 


कला राईको पछिल्लो एल्वम ‘लुक्स’ अहिले चर्चामा छ । उक्त एल्वममा समाबेश गरिएको ‘संगिनीलाई सुनाऊ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको’ बोलको गीत अहिले एफ.एम , टि.भी र युटुवमा चर्चा बटुलिरहेको छ । यस अघि नै ‘पान्धारे चौकी, मायाँ पो नलाई वा मरिन्छ कि’ बोलको गीतले कलालाई नेपाली संगीत क्षेत्रमा परिचान दिईसकेको छ । रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुँदै गायन यात्रा थालेकी कलाको यस अघि नै ‘अफर’ र ‘कला ‘ नामक एल्वम बजारमा आईसकेको छ ।

कलाको तेस्रो एल्वम लुक्समा लोकपप, आधुनिक र युगल गीत समेटिएको छ । जसमा अशोक राई, डक्टर किरात, सुरेश अधिकारी, सुनील गिरी, सुवास सर्जन र राजु एन राईले संगीत रहेको छ भने भूपाल राई, भानेन्द्र लिम्बू, मुकेश राई, आशुतोष राई, मुकेश राई र विष्णु श्रापितका साथै कलाकै शब्द रचना रहेका छन । नेपाली गीत , संगीतको वर्तमान स्थित र नेपाली  संगीत बजारको सेरोफेरोमा रहेर गरिएको कुराकानीको संपादित अंश:

तपाईंको ‘लुक्स’ एल्वम भर्खरै बजारमा आएको छ । यसमा कस्ता खालका गीतहरू छन ?

लुक्स एल्वममा सबै खालका गीतहरु समावेश गरेकी छु । पप , सेन्टीमेन्टल , फास्ट ट्रयाक सबै फ्लेवरका गीतहरु छन् ।

स्रोता तथा दर्शकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मैले केही वर्षको अन्तरालमा एल्वम बजार ल्याए पनि एकदमै राम्रो रेस्पोन्स पाएकी छु । मिडियाले पनि राम्रो सपोर्ट गरि रहनु भएको छ ।

नेपाली संगीतको स्थिति कस्तो छ ?

पहिलेको तुलनामा  नेपाली संगीतको क्षेत्र निकै फराकिलो हुदै आएको छ । हाल सुगम संगीत केही पछि परेको हो की जस्तो भान पनि हुन्छ किनकी अहिले फास्ट ट्रयाकका गीतहरु बदि आईरहेका छन् र मार्केट पनि पाइरहेको स्थति हो । जेहोस राम्रो सबै खालको गीतहरु बजारमा आईरहेका छन् । पहिलेको तुलनामा एल्वम बिक्री ओरालो  लागेको पक्कै हो । कन्सर्टतिर जान सके कमाई राम्रै छ ।

देश , बिदेशबाट कन्सर्टको अफर आईराखेको होलानी ?

हजुर आईराखेको छ । विभिन्न् ठाउमा गएर आफ्नो प्रस्तुति पस्कि रहेकी छु ।

संगीतको बाहेक के गर्नु हुन्छ ?

अहिले म टोटल्ली गीत संगीतको क्षेत्रमा समर्पित छु । त्यस बाहेक गृहणी पनि हु ।

तपाईंलाई मन पर्ने गायिकाको नाम लिनु पर्दा ?

सबैको भ्वाईस आफ्नो – आफ्नो ठाउँमा छ । अरुणा लामाको आफ्नै ठाउँमा छ । तारा थापाको आफ्नै ठाउँमा भ्वाइस छ । शान्ति ठटालको आफ्नै ठाउँ मा यसर्थ मलाई सबै गायिकाकाहरुको स्वर मन पर्छ

नेपाली संगीत बजार त पैसावाल , नातावाद र कृपावादको हालिमुहाली चल्छ भनिन्छ नी?

यो परिपाटी संगीत क्षेत्रमा मात्र होईन हरेक क्षेत्रमा लागु हुन्छ । संगीत बिनाको जिन्दगी कस्तो हुन्थ्यो होला ?

संगीत बिनाको जीवन कल्पना गर्न सकिदैन । गीत , संगीत भनेको सुख दु:खमा साथ् दिने साथी हो ।

भावी योजनाहरु के – के छन् ?

अब चाँडै नै मेरो पुराना र नयाँ एल्वमको हिट गीतहरुमा एक , दुई वटा नयाँ गीत समेटेर भिसिडी निकाल्दै छु ।

तपाईको फ्यानहरूलाई केही भन्न चाहनु हुन्छकी ?

हजुरहरुकै माया र सपोर्टले गर्दा नै आज म तेस्रो एल्वमसम्म आईपुगेकी छु । आउँदा दिनहरुमा पनि यसरी नै हजुरहरुको मायाँ र सपोर्ट पाईरहने छु विश्वासका साथ थ्याङ्क्यु सो मच भन्न चाहन्छु ।

राज्यसत्ताबाट

प्रकाशित मिति: १४ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्