अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल चैत १७ गते। बुधबार। इश्वी सन् २०१६ मार्च ३० तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी, २७:५८ बजेउप्रान्त अष्टमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अरूका लागि समय दिंदा आफ्ना काममा बाधा हुनेछ। अस्वस्थताले चिन्तित तुल्याउन सक्छ। प्रतीक्षित नतिजा सकारात्मक नदेखिनाले मन खिन्न हुनेछ। अरूको स्वार्थका लागि उपयोग भइनेछ भने घरेलु कामकाजमा पनि अलमलिनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा उपलब्धि प्राप्त हुन सक्छ। शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, घरेलु समस्याले अल्झाउन सक्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। हुलमुलमा महत्वपूर्ण सामान हराउन सक्छ, सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइनेछ। मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। भौतिक साधन जोड्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आँटले अधिकार स्थापित हुन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। तापनि योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिनुहोला। पशुपालन तथा कृषि क्षेत्रमा सामान्य लाभ मिल्न सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् र केही प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। परिस्थिति केही चुनौतीपूर्ण रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुने समय छ। व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मनग्य आम्दानी हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

समयको महत्वलाई ख्याल नगर्दा अवसरबाट वञ्चित भइनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आलोचकहरू बढ्नेछन् र विश्वाससमेत गुम्न सक्छ। मेहनतीहरूका लागि भने दिन फलदायी रहनेछ। बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। आजको कामबाट मनग्य धनलाभ हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

प्रकाशित मिति: १७ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्