हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मी मकवानपुरबाट पक्राउ


 


काठमाडौं । भारतीय सुरक्षाकर्मी हतियारसहित मकवानपुरको हेटौडामा आएका छन् । शनिवार बिहान हतियारसहित मकवानपुर आएका भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले पक्रेर फिर्ता पठाएको छ ।

हातहतियारसहित पोशाकमै मकवानपुरको हेटौंडा बजारमा आएका भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । ६ जना भारतीय सुरक्षाकर्मी हेटौंडाको पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर उनीहरुलाई पर्साको वीरगञ्ज नाका हुँदै भारततर्फनै फिर्ता पठाएको जनाएको छ ।

भारतीय सुरक्षाकर्मी अनुमतिविना हतियारसहित हेटौडामा किन आए भन्ने कुरा खुलेको छैन । भारतीय सुरक्षाकर्मीले आफुहरु पशुपति मन्दिर दर्शनका लागि नेपाल आएको बताएका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्