भारतमा मोदी उदायझै नेपालमा हामी उदाउँछौ – कमल थापा


 


काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले भारतीय राजनीतिमा मोदी उदायजस्तै नेपाली राजनीतिमा राप्रपा उदाउने दावी गरेका छन् । मोदीको भारत नीति र राप्रपाको नेपाल नीतिमा समानता भएको भन्दै थापाले मोदी जस्तै आफूहरु उदाउने बताए ।

-आगमी निर्वाचनसम्म मोदीजस्तै नेपालमा हामी उदाउँछौ,-सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा थापाले भने-हिन्दूत्वले न भारतमा हारयो न नेपालमा हार्छ । आगमी निर्वाचनमा हामी जित्छौ । हिन्दूत्वको एजेन्डा बोकेर भारतमा नरेन्द्र मोदीले दोस्रोपटक चुनाव जितेका छन् । हिन्दूत्वकै नाराबाट नेपालमा पनि राप्रपाले जित्ने बताए ।

पछिल्लो समय नेपालमा पनि हिन्दूवादीहरु एक ठाउँमा आउन थालेका छन् । हिन्दूवादीले हिन्दूत्वको नारालाई साथ दिए राप्रपा पहिलो शक्ति हुने दावी थापाले गरे । तर थापाले दावी गरेजस्तै नेपालमा हिन्दूत्वले अहिले नै बिजय प्राप्त गर्ने सम्भावना छैन ।

भारतमा मोदीको दोस्रो आगमनले दक्षिण एसियाको राजनीतिमा निकै ठुलो प्रभाव पारेको छ । त्यसको प्रभाव नेपाली नेतामा पनि देखिन थालेको छ । कम्यूनिष्ट पार्टीका नेताहरु केही चिन्तामा छन् भने हिन्दू राज्यको एजेण्डा बोकेकाहरु खुसी देखिन्छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्