अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल चैत २६ गते। शुक्रबार। इश्वी सन् २०१६ अप्रिल ८ तारिख। नेपाल संवत् ११३६ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– प्रतिपदा, १४:५७ बजेउप्रान्त द्वितीया। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

समयमा होश नपुग्दा नोक्सान हुन सक्छ। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। घरखर्च पनि बढ्नुका साथै अभावले सताउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउन सक्छ। होसियारीसाथ काम लिनहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नाले तत्कालको आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य लाभ हुनेछ। सजिलै काम बन्नाले साझेदारी, सट्टापट्टा आदिमा सोचेभन्दा राम्रो फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा जुट्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कमजोरी देखा पर्नुका साथै काम बिग्रने डरले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्योपचारमा खर्च हुने योग छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। चोटपटक लाग्ने योग देखिएकाले सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। वादविवादले पनि अप्ठ्यारो पार्न सक्छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। दिगो व्यवसायमा फाइदै हुनेछ। सामान्य आम्दानी भइरहनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै गुमेको अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तापनि, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

समयअनुसार चल्न नसक्दाअलि दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न नसकिएला। भौतिक साधन अभावले पनि पछि परिनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। तथापि प्रयत्न गरेको काम ढिलै भए पनि सम्पादन हुन सक्छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धाले फाइदा दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सहयोगीहरू जुट्नाले रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। गरिएका कामको तारिफ हुनेछ भने प्रौत्साहन वा पुरस्कारसमेत प्राप्त हुन सक्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

वादविवादमा परिनाले काम बीचैमा रोकिन सक्छ। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। कामको प्रक्रिया नमिल्नाले अन्त्यमा दुःख पाइनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। आफ्नै कमजोरीले अवसरबाट वञ्चित गराउन सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।

प्रकाशित मिति: २६ चैत्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्