काठमाण्डौँको चन्द्रागिरीमा पनि बम बिष्फोट, दुई जना घाइते


 


काठमाडौं, जेठ १२ काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेको सनाखत भएको छैन ।

ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्