अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल वैशाख ७ गते। मंगलबार। इश्वी सन् २०१६ अप्रिल १९ तारिख। नेपाल संवत् ११३६ चौलाथ्व। चैत शुक्लपक्ष। तिथि– त्रयोदशी, ३०:०२ बजेउप्रान्त त्रयोदशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खर्च गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। समय लागे पनि कामसम्पादन हुनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

हडबड गर्दा काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ। महत्वाकांक्षी योजना कार्यान्वयन गर्न समय पर्खनुहोला। व्यवहारले अरूको विश्वास जित्न सकिनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। नाम चलेका व्यक्तिहरूको सहयोग लिने प्रयत्न गर्नुहोला। पशुधन र जमिनबाट मनग्य लाभ मिल्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कामको सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सोखले खर्च बढाउन सक्छ। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पहिलेका कामको प्रतिफल हात पार्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ भने तर्कशक्तिले अरूलाई वशमा पार्न सकिनेछ। ठीक समयमा सही निर्णय लिनाले फाइदा हुनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने मौका छ। विशेष सभा–समारोहबीच मानसम्मान पाइने ग्रहयोग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

काम साँच्नाले अवसर गुम्न सक्छ। खर्च लागे पनि मेहनत गर्दा चिताएको काम बन्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मेहनतले मनको डरलाई उत्साहमा रूपान्तरित गर्नेछ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच सल्लाह नमिल्न सक्छ। आफन्तबाट टाढिनुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अवसरका लागि तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफूबाट फाइदा उठाउन सक्छन्। व्यापार–व्यवसायमा भने फाइदै हुने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विभिन्न अवसर प्राप्त हुनेछन्। तर, स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि धैर्य गर्नुहोला, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्यगत कमजोरीले आँटेको काम स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा हुने सम्भावना छ। सोख पूर्तिका लागि खर्च बढ्ला। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। तापनि प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

प्रकाशित मिति: ७ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्