पूर्वमा भूकम्पकाे धक्का


 


काठमाडाैं, बैशाख ८

ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११ः०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको थियो ।

ताप्लेजुङ सदरमुकामसहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगायतका गाविसमा भूकम्पको ठूलो धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा नजिकै भएकाले निकै ठूलो धक्का महसुस भएको भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्प जानासाथ यहाँका स्थानीयवासी घरबाहिर निस्किएका थिए । भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ । गत वर्षको भूकम्पपछि समय समयमा ठूलठूला भूकम्प आइरहेकाले स्थानीयवासी त्रसित भएका छन् ।

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्