राष्ट्रपतिकाे सुरक्षा सल्लाहकारमा थापा


 


काठमाडाैं, बैशाख ८

राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा सल्लाहकारमा पूर्वरथी नेत्रबहादुर थापा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीलाई सुरक्षा मामिलामा सुझाव र सल्लाह दिन राज्यमन्त्री सरहको पारिश्रमिक र सुविधा प्राप्त हुने गरी सुरक्षा विज्ञ पदमा काठमाडौँ निवासी थापालाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्