किन गए अाेबामा साउदी अरब ?


 


रियाद (साउदी अरब)  वैशाख ८

अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् । साउदी अरबमा रहँदा उनले साउदी अरबसँगको तनाब र जिहादी विद्रोही समूहविरुद्धको कारबाहीलाई तीब्रता दिनका लागि पहल गर्ने बताइएको छ ।

भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ओबामा र खाडी राष्ट्रका नेताबीच सिरिया र यमनमा जारी द्वन्द्वलाई अन्त्य गर्न पहल गर्ने विश्वास गरिएको छ । खरानी रङ्गको सुटमा स्थानीय समयअनुसार १ः१४ बजे विमानस्थलमा साउदी अरबको खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा झुल्किएका अमेरिकी राष्ट्रपति ओबामालाई साउदी राजकुमार तथा गभर्नर फाइसल विन अब्दुल्लाजिजले स्वागत गरेका थिए ।

ओबामाको इरानी सिया समूहप्रतिको झुकावपछि रियाद र वासिङटनबीचको तनाव चर्किएको थियो । अमेरिकी राष्ट्रपति ओबामा साउदी अरबका वर्तमान् राजा सलमानका पूर्वज अब्दुल्लाहको मृत्युपछि श्रद्धाञ्जली व्यक्त गर्न दुई वर्ष पहिले आउँदा जस्तै यसपटक पनि उनकाे रियाद आगमनको समाचारलाई यहाँको राष्ट्रिय च्यानलले खासै प्रसारण नगरेको बताइएको छ ।

बिहीबार अमेरिकी राष्ट्रपति ओबामाले छ खाडी मुलुकको सम्मेलनमा अमेरिकी रक्षामन्त्री एस्टन कार्टर र विदेशमन्त्री जोन केरीका साथ सहभागिता जनाउनुे कार्यक्रम छ । जहाँ राष्ट्रपति ओबामासहितको सहभागिता कटुताभाव प्रकट हुने वातावरणका बीच क्षेत्रीय नेताहरुले ओबामाको सम्बोधनलाई सुन्ने छन् ।

ओबामाले सिरियालगायत अन्य क्षेत्रीय समस्यालाई हल गर्ने यसअघि देखाएको अरुची र अमेरिकाको इरानप्रतिको झुकावलाई खाडी मुलुकका नेताले मन पराएका छैनन् ।  सुनी समुदायको बाहुल्यता रहेका खाडी मुलुकले ओबामाको कार्यकालमा अमेरिकाको पहलमा विश्व शक्ति राष्ट्रले इरानविरद्ध परमाणु कार्यक्रमलाई लिएर लगाइएको प्रतिबन्ध हटाइएकोमा बेखुशी प्रकट गर्दै आएका छन् ।

गल्फ रिसर्च सेन्टरका उच्च सल्लाहकार मुस्ताफा अलानीले ओबामाको रियाद भ्रमणबारे प्रतिक्रिया जनाउँदै भने, अमेरिकी राष्ट्रपति ओबामाको कार्यकाल खाडी क्षेत्रका लागि ‘शतप्रतिशत नकारात्मक’ भएको  छ । तर ह्वाइट हाउसले ७० वर्ष लामो सहकार्यलाई विशेष चर्चा गर्दै पछिल्लो समयमा देखिएको वैमनस्यतालाई त्याग्नुपर्नेमा महत्वका साथ कुरा उठाएको छ ।

हुनत साउदी अरब र अमेरिकाबीचको सम्बन्धमा बेलाबखत समस्या देखिने गरेको ओबामाका निकट सल्लाहकार वेन रोडेसले बताए । आतङ्कवाद विरुद्धको लडाईलाई केन्द्रविन्दुमा राखेर अमेरिका र खाडी मुलुकबीच समान धारणा रहने रोडेसकाे भनाइ छ ।

साउदी अरबले खाडी मुलुकमा इरानविरुद्ध लगाइएको परमाणु गतिविधिमा लगाइएको प्रतिबन्ध हटाउँदा रुष्ट बनेको बताउँदै खाडी मुलुकको सुरक्षाप्रति अमेरिका संवेनशील नहुँदा यस क्षेत्रको सुरक्षास्थितिमा इरान समस्या भएको वासिङटन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीका लोरी प्लटकिन बोगहार्टले जनाए ।  यद्यपि साउदी अरेबियाले युद्धविराम हुनुपूर्व सिरियामा आईएसको आतङ्कवादी गतिविधिविरुद्धको लडाइँमा सहयोग गर्न अमेरिकी नेतृत्वको सेनालाई सहयोग गरेको थियो ।

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्