अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल वैशाख ९ गते। बिहीबार। इश्वी सन् २०१६ अप्रिल २१ तारिख। नेपाल संवत् ११३६ चौलाथ्व। चैत शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:५६ बजेउप्रान्त पूर्णिमा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। अरूको दबाबमा परिनाले मन खिन्न हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिलाउनेछ। साँझदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ भने पारिवारिक आत्मीयता पनि बढ्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन्। आलोचकहरूलाई जवाफ दिन सकिनेछ। मनग्य धन आर्जन हुने ग्रहयोग छ। साँझदेखि काममा केही चुनौती देखा पर्न सक्छन्। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला। आफ्नै कमजोरीले अवसर गुम्न सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। भेटघाटले काममा बाधा पुर्याउनेछ। आँटले काम लिन नसक्दा पछि परिनेछ। योजनामा बाधा देखिए पनि नियमित काम बन्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। साँझदेखि स्वास्थ्य कमजोर रहे पनि परिस्थिति अनुकूल बन्नेछ। शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। तर, साँझदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। ऋणमोचन हुने सम्भावना देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। साँझदेखि व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। साँझपछि अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ। साँझपछि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ। साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला। स्वास्थ्यगत समस्याले सताउन सक्छ। सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन्। प्रयत्न गर्दा काम बन्नेछ। हुलमुलमा धनमाल हराउन सक्छ, लेनदेन गर्दा सजग रहनुहोला।

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्