प्रदेश सरकारको योजना निर्माणको अनुगमन गर्दै प्रदेश सांसद् साम्बा


 


उर्लाबारी, जेठ १८

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले आफ्नो क्षेत्रका विभिन्न योजनाका अनुगमन गरेका छन् । शनिबार उर्लाबारी–४ को नगरपालिका मार्गको सडक कालोपत्रेको अनुगमन गरे ।

प्रदेश सरकारको रातो कितावमा परेको नगरपालिका मार्गको ४ सय ३० मिटर सडक कालोपत्रे भएको छ । जेठ २२ गतेभित्र उक्त सडक कालोपत्रे सम्पन्न गर्ने सम्झौता रहेको छ । संकल्प एल.वि.जे.भी. विराटनगरले ठेक्का पाएको उक्त सडक कालोपत्रे गुणस्तरिय बनाउन पटक पटक खबरदारी गरेको र नगरपालिका मार्गलाई नमूना बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुद्धिप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार साढे १ किलोमिटर सडक डे«न निर्माण भइसकेको छ । ५७ लाख ६५ हजार रुपैयाँ लागतमा उक्त डे«न निर्माण गरिएको र हालसम्म पनि उर्लाबारी नगरपालिकाबाट १ लाख ३० हजार रुपैयाँ निकासा नभएको उनले बताए । त्यस्तै, सांसद लिम्बूले उर्लाबारी नगरपालिका –३ स्थित सोल्टी खोलामा निर्माण गरिएको तटबन्धको अनुगमन गरेका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास अन्र्तगत २५ लाखको बजेटमा निर्माण भएको तटबन्धनको सांसद् साम्बाले अनुगमन गरेका हुन् । अनुगमनमा सांसद् साम्बासहित वडाध्यक्ष गञ्जबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै, मोरङको मिक्लाजुङ–६ को सुकुम्बासी वस्तीमा भइरहेको तटबन्धको अनुगमन पनि सांसद लिम्बूले अनुगमन गरेका छन् । प्रदेश सरकारको २५ लाख रुपैयाँको बजेटमा तटबन्धनको काम भइरहेको सांसद लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्