त्रिभुवन विमानस्थलमा आज बिहान एअर इन्डियाको जहाजले गर्‍यो ‘ओभरसुट’, ठुलो दुर्घटना टर्यो


 


काठमाण्डौ, जेठ १९

एअर इन्डियाको जहाजले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । विमान धावनमार्गमा आइपुग्न लाग्दा ल्याण्ड गर्न नसकेर फेरि उडान गर्ने प्रक्रियालाई ओभरसुट गरेको भनिन्छ ।

भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आएको एआई २१३ कलसाइनको एअरबस ३२०–२१४ सिरिजको जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

‘पाइलटले अवतरण गर्नै लाग्दा ‘मिस अप्रोच’(सही बाटो पहिल्याउन नसक्नु) भएको थाहा पाए, आजको ओभरसुट निकै खतरा थियो, दुर्घटना टरेको छ ।’ विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

मिस एप्रोच भएर कहिलेकाहीँ अवतरण हुनै लाग्दा जहाज फेरि आकासिनु सामान्य भए पनि कहिलेकाहीँ यो जोखिमपूर्ण हुने विमानस्थल कार्यालयले जनाएको छ । ओभरसुट भएको जहाज फेरि अवतरण हुनेछ । यसअघि गएको चैत ६ गते पनि एआई २१३ कलसाइनको यही जहाज मिस अप्रोच हुँदा ओभरसुट भएको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्