खुलेआम घुस लिन्छन्, नगरपालिकाका इन्जिनिय


 


(दानावारी) इलाम । ‘म भ्रस्टचार गर्दिन । म भ्रष्टचार हुन दिन्न् । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ भनेर आफ्नो कार्यालयको ढोकामा लेखेर झुण्डाएका इलामका एक स्थानिय तहका २ इन्जिनियरले सेवा ग्राहिसँग खुलेआम घुस लिने गरेको खुलासा भएको छ ।

माई नगरपालिकाका सव—इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव—इन्जिनियर विकास राईले स्थानीय उपभोक्ता समितीसँग माई नगरपालिका—५ को हाङ्गखिम—खरबनी सडक खण्डको प्राविधीक स्टमेट बनाउदा १० हजार रुपैयाँ घुसबापत रकम लिएको सार्वजनिक भएसँगै यस्तो खुलासा भएको हो ।

माई नगरपालिका—५ को हाङ्गखिम—खरबनी सडक खण्डको प्राविधीक स्टमेट बनाउँदा नै ढकालले १० हजार रुपैयाँ घुसबापत रकम लिएका छन् । उनले आफ्ना कार्यालयका अशिष्टेन सव—इन्जिनियर राईलाई ५ हजार र उनी स्वयम्लाई ५ हजार गरी १० हजार रुपैयाँ उपभोक्त समितिका प्रतिनिधिसँग घुस रकम असुल्दै गरेका भिडियो बिर्ताज्योती अनलाइनसँग सुरक्षित छ ।

उक्त सडक खण्डको कामका लागि इन्जिनियरद्वय ढकाल र राईले २५ हजार रुपैयाँ घुस मागेका थिए । गत माघ महिनामा योजना सम्झौता गरि माघ अन्तिममा नै स्टमेट अनुसारको काम सके पनि मागे अनुसारको रकम नपाए पछि अहिले सम्म अनुगमनका लागि नआएको स्थानिय बालकृष्ण मगरले बताए ।

पटक–पटक काम सम्मपन्न भयो आएर अनुगमन गरि दिनु पर्यो भनेर भन्दा पनि बिभिन्न बहाना बनाएर टार्ने गरेको हाङ्गखिम—खरबनी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर मगरले बताए । सोही वडाको धोबीखोला—बुच्चेटार—रमिते—हाङ्गखिमको बाटोको अनुगमनका क्रममा समेत सव—इन्जिनियर ढकालले ५ हजार रुपैयाँ घुस लिएको स्थानीय उपभोक्ता समितीका सह–सचिव सन्तोस राईले बताए ।

माई नगरपालिकाको ३, ५, ७ र ९ नम्बर वडा कार्यक्षेत्र रहेका ढकालले उपभोक्ता समितीले गर्ने निर्माण कार्यको प्राविधीक स्टीमेट बनाउनेदेखि अनुगमन गर्ने सम्मका काम गर्छन् । उपभोक्ता समितिलाई विभिन्न प्राविधीक समस्या र कठिनाई देखाएर ढकालले अवैध रकम असुल्ने गरेको स्थानियको भनाई छ ।
‘प्रत्येक वडामा साना ठुला गरि १ सयको हाराहारीमा उपभोक्ता समिति गठन गरेर निर्माणको काम भई रहेको छ’ स्थानिय लालबहादुर तामाङ्गले भने ‘पत्येक उपभोक्ता समितिसँग न्यनतम १० हजार रुपैयाँका दर लिदा चार वटा वडाबाट कति रकम उनिहरुलाई बुझाउँनु पर्छ तपाईंहरु नै हिसाव गर्नुहोस् ।’
काम सम्पन्न गरीसकेपछि पनि अनुगमन नभएपछि उपभोक्ता समितिले नगरपालिकाको उपप्रमुख तथा योजना अनुगमन समिती संयोजक विष्णुमाया रिमाल (आचार्य) लाई पटकपटक जानकारी गराउँदा पनि प्राविधीकलाई चित्त बुझाउँनु म आउनै पर्दै भन्ने जवाफ दिने गरेको स्थानीयको भनाई छ ।
सव–इन्जिनियर ढकाल नेकपा इलामका पँहुचवाला नेताको छत्रछाँयामा रहेर यस्तो हर्कत गर्ने गरेकाले नगरपालिकाका मेयर दिपक कुमार थेवेले थाहा पाएर पनि डरले कार्वाही गर्न नसकेको स्थानियको बुझाई छ ।

निर्माणको काम सम्पन्न गरेका ग्रामिण भेगका स्थानीय उपभोक्ता समितीलाई आर्थिक वर्ष समाप्त हुन लाग्दा बजेट फोरफार गर्नुपर्ने बाध्यता छ । तर, उनीहरुलाई पैसा नदिई बाटो अनुगमन नगरिदिने, प्राविधीक समस्या देखाएर फोरफारको कागजी प्रक्रिया अगाडी नबढाईदिने गरेको गुनासो स्थानीयको छ । सव—इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव—इन्जिनियर विकास राईले उपमेयर विष्णुमाया रिमाल (आचार्य)लाई समेत प्रलोभनका पारेर असारमा पानिले बनाएको बाटो भत्काए पछि मात्र अनुगमनमा जाने सेटिङ्ग मिलाउने गरेको स्थानियको आरोप छ ।

मनपरि चल्छ कर्मचारी र उपमेयरको
माई नगरपालिकाकी उपमेयर विष्णुमायाले बिना प्रतिस्पर्दा आफ्नै छोरा गोपाल आर्चायलाई सोही नगरपालिकामा कार्यालय सहयोगीका रुपमा जागिर लगाएकी छिन् । उनी न्यायीक र अनुगमन समितिको समेत संयोजक हुन् । न्याय सम्पादनमा समेत उनी माथी स्थानियको भरोसा छैन । उनले न्यायिक समिति सदस्यमा कार्यपालिका सदस्य राजेन्द्र धमलालाई बनाए पछि स्थानियको भरोसा तोडीएको हो । ‘धमाला आफै बहुबिवाह गरेका व्यक्ति हुन् उनका २ श्रीमती छन् उनले अरुलाई कसरी न्याय दिन्छन् ?’ स्थानिय एक नेकपाका नेताले प्रतिप्रश्न गरे ।

केही समय अगाडी मात्र सरुवा भएर आएका प्रमुख प्रशासनिक अधिकृत पुरुषोत्तम घिमिरेकी श्रीमतीले सकारी गाडीको दुरुपयोग गर्ने गरेको स्थानियले बताए । घिमिरेकी श्रीमतीले सरकारी नम्बर प्लेटको प्राडो गाडी लिएर व्यक्तिगत काममा हिड्ने गरेको नगर पालिकाका एक कर्मचारी बताए ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्