कांग्रेस नेता अमरेशकुमार सिंहद्वारा राष्ट्रपतिबाट पदक लिन अस्वीकार
![](https://www.deshkonews.com/wp-content/uploads/2019/03/amresh-kumar-singh.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन्।उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएको भन्दै उनीबाट कुनैपनि सम्मान तथा पदक नलिने बताएका हुन् ।
यसअघि संविधानसभाका सदस्य रहेका नेपाली कांग्रेका नेता लक्ष्मणप्रसाद घिमिरे र राप्रपाका विराज विष्टले पनि सो पदक लिन अस्वीकार गरेका थिए ।
प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार