बंगलादेशको सनसनीपूर्ण जित, दक्षिण अफ्रिका २१ रनले पराजित



काठमाण्डौँ, जेठ २०

विश्व कप अन्तर्गत आइतवार भएको पाँचौ भिडन्तमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ। बंगलादेशले पहिले ब्याटिङ गर्दै दिएको ३३१ को लक्ष्यको पिछा गर्द दक्षिण अफ्रिकी टिम ५० ओभरमा ८ विकेट गुमाउँदै ३०९ रनमा सीमित भएको हो।

दक्षिण अफ्रिकाविरूद्ध बंगलादेशले विश्व कप इतिहासमा निकालेको यो दोस्रो जित हो। यसअघि बंगलादेशले सन् २००७ मा यस्तै जित दर्ता गराएको थियो। त्यसबेला बंगलादेशले दक्षिण अफ्रिकालाई ६७ रनले पराजित गरेको थियो । आईसीसी वरीयतामा दक्षिण अफ्रीका तेस्रो स्थानमा छ। जबकि बंगलादेश चार स्थान तल सातौँ स्थानमा रहेको छ । बंगलादेश यस प्रतियोगितामा जित निकाल्ने पहिलो एसियाली टिम बनेको छ । यसअघि पाकिस्तान, श्रीलंका र अफगानिस्तानले हारको सामना गर्नुपरेको थियो।

बंगलादेशले तेस्रो पटक खेल जितेको हो। यसभ्दा पहिले सन् २००७ मा भारत र २०१५ मा अफगानिस्तानलाई हराएको थियो। शाकिब-रहिमको अर्धशतक, मुस्तफिजुरले लिए तीन विकेट लिए। दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेको थियो। त्यसपछि बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको स्कोर खडा गर्योश्र उसका लागि मुशफिकुर रहिमफले ७८ र शकिब अल हसनले ७५ रन बनाए। दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लेसिसले ६६ रनको पारी खेले। जेपी डुमिनी र एडेन मार्करामले ४५-४५ रनको योगदान दिए। बंगलादेशका लागि मुस्तफिजुर रहमानले तीन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News