विप्लव समूहमाथि बन्यो यस्तो रणनीति


 


सोलुखुम्बु, जेठ २०

विप्लव समूहले चौकीमा आक्रमण गर्न थालेपछि निगरानी बढाउने भएको छ । सोमबार जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहमाथि निगरानी बढाउने निर्णय गरिएको हो ।

बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बताए । आइतबार राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेका थिए ।

राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।

स्थानीयले विप्लवका कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको बताएका छन् । उक्त क्षेत्रमा अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त गस्ती गरिरहेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्