आज यी क्षेत्रमा हावाहुरीसहित वर्षा


 


काठमाडौं, जेठ २१

देशभर मंगलबार वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पुर्वी भु–भागका केही स्थानमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस्तै, देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वी भू–भागका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्