रामकुमारी झाँक्रीको आरोप – मुख्यमन्त्रीहरुले कामै गर्न सकेनन्


 


काठमाडौं, जेठ २१
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएका छन् । सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराए ।

मंगलबार काठमाडौंमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा बोल्दै उनले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको पनि स्पष्ट पारिन् । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाश रसाइलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन नसकेको बताए ।

उनले युवाहरुलाई परिचालन गरेर देश बनाउने अभियानमा सरकार क्रियाशील नभएको दावी पनि गरे । सांसद रसाइलीले युवाहरुलाई स्वदेशमै परिचालन गर्न सके मात्रै मुलुक समृद्धिको बाटोमा अग्रसर हुने स्पष्ट पारे ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्