बर्ष दिन बित्यो बनेन टेंग्रा पुल : मेयरलाई गनेन सडक बिभागले


 


तेज बहादुर बन
इटहरी । पूर्व पश्चिम राजमार्गलाइ जोडने लथालिंग अवस्थामा रहेको इटहरीको टेंग्रा पुल अन्तत भत्किएको पनि एक बर्ष पुगेको छ । इटहरी उपमहानगरको मातहतमा रहेको सो टेंग्रा पुलको पुनःमर्मत सम्भारकालागि मेयर द्वारिकलाल चौधरीले पटक पटक संघिय सरकार अन्तरगत सडक डिभिजन कार्यालय बिराटनगरलाइ पत्रचार गरेपनि बेवास्था भएपछि अहिले सम्म उक्त पुलको मर्मत समभार हुन सकेको छैन ।

गत २०७५ जेठका्े दोश्रो सातामा एक सवाी साधनले ठक्कर दिएर क्षतिग्रस्त बनाएको टेंग्रा पुल बन्ने कुै छाटकाट नभहुदा दैनिक शयौको संख्यामा सवारीसाधनहरू जोखिम पुर्ण यात्रा गृन बाध्य बनेका छन । इटहरी उपमहानगरपालीकाले सडक डिभिजन कार्यालयलाइ पुलको अवस्था र पुनःमर्मत गरिपाउ भन्दै २ पटक सम्म पत्रचार गरेको थियो । तर संघिय सरकारको निर्देशनमा रहेको सडक डिभिजन कार्यालय बिराटनगरले भने अहिले सम्म पुल मर्मतको बिषयमा कुनै चासो राखेको छैन ।

लामो समयदेखि पुलको मर्मत सम्भार नहुदा पैदल यात्री त मार्कामा परे नै त्यो भन्दा बढी पुलको अवस्था झनै जिर्ण र जतिबेला पनि भत्कन सक्ने खतरा देखिएको छ । एक त खाल्डा खुल्डि सडक समयमै मर्मत नहुनु र त्यसमा पनि जोखिममा रहेको पुल समेत भत्किनुले सवारीसाधनहरू आवत जावतमा समस्या हुने गरेको छ । पुल निर्माणको ५० बर्ष पुरा भइसकेको र पटक पटक सडक बिभागले समेत खतराको संकेत दिइरहदा सरकार पक्षबाट पुन निर्माणका लागि पर्याप्त बजेट बिनियोजन नभएपछि इटहरीको टेंग्रा पुल झनै जोखिममा परेको छ ।

यता इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी संग सम्पर्क गर्दा उनले यो सडक बिभाग अन्तरगत पर्ने भएकोले आफै मर्मत गर्न नपाइने बताउदै पुलको बिषयमा निरन्तर दबाब दिने बताए।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्