प्रधानमन्त्री रोजगार कार्यक्रम : गोकर्ण बिष्टको गाउँमा एक सय ३१ जनाले रोजगारी पाए


 


गुल्मी । गुल्मीका स्थानीय तहहरुले अहिले धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् । जस अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको गाउँमा एक सय ३१ जनाले रोजगारी पाएका छन् ।

बुधबार गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सवै जनालाई नियुक्ती पत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले अस्थायी र स्थायी माध्यमका रोजगारी सृजना गर्दै लैजाने बताए । गाउँपालिकाको वडा नम्बर १ र २ बाट १०/१० जना, ३ बाट ३३ जना, ४ बाट ४३ जना रहेका छन् ।

त्यस्तै वडा नम्बर ५ र ६ बाट २०/२० जनालाई रोजगार प्रदान गरिएको छ । रोजगार पाएका मध्ये महिला ३८ जना र पुरुष ९३ जना रहेको गाउँपालिकाका रोजगार संयोजक गणेश कुँवरले धरातललाई जानकारी दिए । उनीहरुले अहिले सडक मर्मतमै काम गर्नेछन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्