नेकपा सचिवालय बैठक आज पनि बस्दै, टुंगिएला कार्यविभाजन ?


 


काठमाडौं : जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउनका लागि सत्तारुढ दल नेकपाको सचिवालय बैठक आजपनि बस्दै छ । मंगलवारदेखि बसको नेकपाको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन सकेको छैन ।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलवार र बुधवारको बैठकमा सो विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार र बुधवारको बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण अहिले ९ वजेका लागि बोलाइएको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले आन्तरिक छलफलपछि मंगलवारको बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि आज छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताले दोहोरो जिम्मेवारी दिन नहुने अडान राखेपछि थप छलफल गर्नका लागि बैठक आजका लागि बोलाइएको हो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्