अर्थमन्त्री खतिवडाले भने – आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर


 


काठमाडौं, जेठ २४

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने पनि दोहोर्याए । अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनुपरेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्