चार देशका लागि राजदूत सिफारिस, को कहाँ-कहाँ पुगे ?(नामसहित)


 


काठमाडौं- सरकारले अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन,बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो ।

बैठकले अष्ट्रेलिया का लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।

सिफारिस भएका दाहाल, मिश्र र भारद्वाज नेकपा निकट मानिन्छन् भने शेर्पा केही महिनाअघि पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्