अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल वैशाख १७ गते। शुक्रबार। इश्वी सन् २०१६ अप्रिल २९ तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– सप्तमी, १६:४६ बजेउप्रान्त अष्टमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। आशा देखाउनेहरूबाटै धोका पाइएला। आर्थिक भार बढ्नेछ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सफलता प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अर्थ अभावले पहिलेको योजना स्थगित हुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नभए पनि मनग्य धन आर्जन हुनेछ। शुभचिन्तकहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। फाइदाका लागि योजना गोप्य राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

महत्वाकांक्षाले अप्ठ्यारोमा पुर्याउन सक्छ। बलजफ्ती गर्दा केही समस्या आउन सक्छन्, धैर्यसाथ काम लिने प्रयत्न गर्नुहोला। व्यवसायका लागि यात्रा सम्भावना छ। आम्दानी पनि बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य सुखले आनन्द दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। मेहनतले अवसर दिलाउनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सावधान रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफन्तबीच आत्मीयतामा कमी आउला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। सहयोगीहरू जुटाउने प्रयत्न गर्नुहोला। विगतको श्रमबाट लाभ हुनेछ। आर्थिक रूपमा कम फाइदा भए पनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई मात्र फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेहनतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ।

प्रकाशित मिति: १७ बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्