१६ वर्षिया बालिकालाई प्रेममा फसाएर कोठामा लगेर जर्बजस्ती करणी गर्ने पक्राउ


 


विराटनगर, जेठ २६

एक १६ वर्षिया बालिकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्च रची आफ्नो कोठामा लगेर विवाह गर्छु भन्दै जवरजस्ती करणी गरेका थिए । उनलाई पिडीतका आफन्तले दिएको उजुरीको आधारमा जेठ २३ गते उनकै डेराबाट पक्राउ गरेको थियो ।

निज प्रतिवादीको ८ बर्ष अघिनै विवाह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । निजलाई सम्मानित जिल्ला अदालत मोरङबाट जवरजस्ती करणी कसूर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्