जेनेभा पुगेर प्रधानमन्त्री ओलीले भने – राष्ट्रको मूल एजेण्डा विकाश भईसक्यो


 


काठमाडौं, जेठ २७

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको नेपालमा राजनीतिको मात्र गफ पिटेर नचल्ने बताउँदै विकास राष्ट्रको मूल एजेण्डा बनिसकेको बताउनु भएको छ ।

युरोपका तीन देशको भ्रमणको क्रममा हिजो स्वीजरल्याण्ड पुग्नुभएका प्रधानमन्त्री ओलीले जेनेभास्थित नेपाली दूतावासद्वारा साँझ आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्विटमार्फत् जनाएअनुसार सो अवसरमा प्रधानमन्त्रीले विकासको मुद्दाबाट कोही उम्किन नपाउने र नेपाल र नेपालीलाई आािर्थक सामाजिक रुपान्तरण चाहिएको बताउनुभएको थियो ।

उहाँले स्वीजरल्याण्डमा भएको विकासले हामीलाई झक्झक्याउनुपर्ने जनाउँदै ८ मिलियनले यति विकास गर्न सक्छन् भने हामी २८ मिलियनले किन गर्न सक्दैनौं भनेर प्रश्न समेत गर्नुभएको थियो ।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्