डेंगुका बिरामीको १ नं. प्रदेश सरकारले उपचार गर्ने


 


विराटनगर, जेठ २७

प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । प्रदेशसभा बैठकमा आज नीति तथा कार्यक्रममाथि जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले धरानका डेंगु पीडितको निशुल्क उपचारका लागि सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो,‘‘बिरामीको तत्काल उपचारका लागि ५० लाख र प्रकोप नियन्त्रणका लागि छुट्टै ३० लाख रुपैयाँ बजेट छुट्याई सकेका छौं ।’’ राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटरसमेत हस्तान्तरण गरिने बताउनुभयो ।

प्रदेश सरकार धरानमा फैलिएको डेंगुरोगको प्रकोपबारे जानकार र गम्भीर रहेको बताउँदै राईले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिनुभयो । धरानका विभिन्न वडामा डेंगुरोकको प्रकोप फैलिएपछि पूर्वाञ्चल क्याम्पसको पठनपाठन बन्द गरिएको छ । मानिसहरु रोगका कारण त्रसित बनेपछि उपमहानगरले समेत सचेतना र प्रकोप नियन्त्रणका लागि काम सुरू गरेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्