सशस्त्र प्रहरीको गण नजिकै महिलाको शव फेला


 


दाङ, जेठ २८

दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग पुल्चोक नजिक नेपाल सशस्त्र प्रहरी ज्वालामाइ गण नजिक महिलाको शव फेला परेको हो।

घटना स्थलमा प्रहरीको टोली पुगेको इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख रबिन्द्रराज पाण्डेले जानकारी दिए। हामी घटनास्थलमा पुगेका छौ उनले भने – मृतकको परिचय खुल्न सकेको छैन।

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्