लोकसेवाको विज्ञापन रद्द गर : काँग्रेस


 


काठमाडौं, जेठ ३०

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकसेवाको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रवक्ता विशवप्रकाश शर्माले स्थानीय तहमा नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएका हुन् ।

‘संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन तत्काल रद्द गर्नुपर्छ । यस सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा हाम्रो पनि समर्थन छ । तर स्थानीय तहमा कर्मचारी करारमा राख्ने पक्षमा हामी छैनौँ ।’

प्रवक्ता शर्माले कांग्रेसको पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको दाबी गरे । उनले भने, ‘पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालेको छ । यस अभियानमा पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको विकर्षण रहेको प्रष्ट देखिएको छ ।’

 

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्