अत्याधीक गर्मीका कारण ५ सशस्त्र प्रहरी जवान सिकिस्त विरामी


 


धरान । सशस्त्र प्रहरी बलको पाथीभरा गण दमकमा तालिम लिइरहेका ५ जना जवान सिकिस्त विरामी भएका छन् । बिहीबार विहान भारी बोकेर हिड्ने क्रममा ५ जना सिकिस्त विरामी परेका हुन् ।

बिरामीहुनेहरुमा संखुवासभा घर भएका २० वर्षिय प्रशान्त कुलुङ, भोजपुर घर भएका २२ वर्षिय भरत कपाली, उदयपुर त्रियुगा–३ घर भएका २० वर्षिय देवचन्द्र राई, मकालु गाउँपालिका संखुवासभाका दिपक कुलुङ र इलाम नयाँबजार घर भएका २० वर्षिय यमकुमार दियाली सिकिस्त विरामी भएका हुन् ।

सशस्त्र प्रहरी पाथीभरा गण दमकका डिएसपी लालसिंह बिष्टले प्रहरी जवानहरुलाई डिहाइड्रेसन भएर बिरामी परेको बताए । उनका अनुसार विहान सधै दिन भन्दा अलि बढी गर्मि ९३८ डिग्रि सेल्सियस० भएकोले पनि उनीहरुमा समस्या आएको हो ।

बिरामीहरुलाई अहिले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बिरामी मध्ये प्रशान्त कुलुङ बढि सिकिस्त भएको र उनलाई अक्सिजन दिएर उपचार गरिरहेको छ । उनीहरुलाई विहान दमकको आम्दा अस्पतालमा समेत उपचार गरिएको थियो तर त्यहा उपचार सम्भव नभएपछि धरान ल्याइएको इन्सपेक्टर नविन अधिकारीले बताए ।

सशस्त्र प्रहरीका डा। अमृत केसीका अनुसार अहिले प्रशान्त कुलुङबाहेकका ४ जनालाई विपिबाट डिस्चार्ज गरी सशस्त्र क्याम्प पकली लगेर अब्जरभेसनमा राखिने बताए । ४ जना भने अहिले खतरा मुक्त भएको पनि उनले बताए ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्