तीन दिनयता पूर्वी तराईमा सही नसक्नु गर्मी


 


झापा, जेठ ३१

तीन दिनयताको चर्को घाम र त्यसपछि बढेको तापक्रमका कारण पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। मानिसहरु घर बाहिर निस्कन सकेका छैनन्। काम विशेषले निस्केका मानिसहरु पनि चिसो पेय पदार्थ पिउँदै शरीर शीतल बनाइरहेका छन्।

तीन दिनयता आकाशबाट पानी पर्न सकेको छैन। विजुली नियमित नहुँदा विद्यार्थीहरुलाई नराम्ररी प्रभावित बनाएको छ। कक्षा कोठामा पंखा नचल्दा पसिना पुस्दै पढ्न बाध्य छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ११ः४५ बजेको तापक्रम ३६.२ डिग्री सेल्सियस रहेको थियो। मध्यान्नतिर उक्त तापक्रम अझ बढेको अनुमान गरिएको छ। गुगलले झापा विर्तामोडको तापक्रम ३८ डिग्री सेल्सियस देखाएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्