अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल वैशाख १९ गते। आइतबार। इश्वी सन् २०१६ मे १ तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– नवमी, १४:३३ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामान्य फाइदा भए पनि आयआर्जनमा लक्ष्य प्राप्त गर्न नसकिएला। विशेष उपायले पनि न्यून लाभ मात्र दिलाउनेछ। सरसापटमा खर्च हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्। चिताएको काम सजिलै सम्पादन नहुन सक्छ। गोपनीयतामा ध्यान दिँदै हुलमुलमा धनमाल जोगाउने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले झुक्याउन सक्छन्। विशेष योजना गोप्य राख्नुहोला। आश्वासन दिनेहरूबाटै धोका हुन सक्छ। चिताएको काम आंशिक मात्र बन्नेछ। भूमि र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। स्वास्थ्यमा भने ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। अध्ययनमा बाधा हुने देखिन्छ। व्यावसायिक काममा पनि समस्या आउन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आफन्तको सहयोगले हिम्मत दिलाउनेछ। बलजफ्ती गर्दा केही समस्या आउन सक्छन्, धैर्यसाथ काम लिने प्रयत्न गर्नुहोला। व्यवसायका लागि यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य सुखले आनन्द दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले अवसर दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै दु:ख पाइने समय छ। नीति-नियमसम्बन्धी कडिकडाउको सिकार भइनेछ। हस्तक्षेप गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम पूर्ण नहुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आत्तिने बानीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

उपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा सामान्य फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मेहनत गर्दा जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ। आकर्षक उपहार हातलागी हुन सक्छ। कामबाट फुर्सद मिल्नेछ। विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ।सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि,प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ।

प्रकाशित मिति: १९ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्