संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी : मुख्यमन्त्री शाही


 


सुर्खेत, असार १

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भईरहेको बताएका छन् ।

आईतवार वीरेन्द्रगरमा भएको सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उदघाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गरे ।

मुख्यमन्त्री शाहीले सरकारको नेतृत्वका विरुद्ध जनमानसमा भ्रम श्रृजना गर्दै संघीयता नै ठिक छैन भन्ने जनमत निर्माण गर्ने उद्धेश्यले गरिएका यस्ता प्रचारवाजी विरुद्ध जनता सचेत रहनुपर्ने बताए । उनले साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि लगानी वढाउन आग्रह गरे ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्