जात्रीको अवसरमा भोली सार्वजनिक विदा


 


पथरीशनिश्चरे, असार १

पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायको जात्रीको अवसरमा पथरीशनिश्चरे नगरपालिकाले भोली स्थानीय सार्वजनिक विदा दिएको छ ।

पथरीशनिश्चरे नगरपालिकाले आज सूचना जारी गर्दै विदा दिएको हो । पथरीशनिश्चरे नगरपालिकाको पहिलो नागरिकको रुपमा सूचिकृत धिमाल समूदायको महान् चाड जात्रीको अवसरमा पथरीशनिश्चरे नगरपालिकाभरी विदा दिएको सूचनामा उल्लेख छ । त्यस्तै, यसअघि नै उर्लाबारी नगरपालिकाले सूचना जारी गरी भोली सार्वजनिक विदा दिइसकेको छ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्