पत्रकारलाई यातायात भाडामा ५० प्रतिशत छुट


 


मुगु,असार १

मुगु जिल्लाको प्रधान कार्यालयमा रहेको एक यातायात प्रालिले यहाँ कार्यरत पत्रकारहरुलाई यातायात भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । रारा छायाँनाथ यातायात प्रालिले मुगु जिल्लामा सक्रिय रहेका पत्रकारहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

गत शुक्रबार उद्घाटन भई शनिबार सम्पन्न भएको प्रथम साधारण सभाले पत्रकारहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस प्रथम साधारण सभाले नवराज चौलागाईको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयनसमेत गरेको छ ।

सभाले बरिष्ठ उपाध्यक्षमा काली बहादुर रावल, उपाध्यक्षमा गोविन्द्र भाम, महा–सचिवमा नेता प्रसाद चौलागाँई, सचिवमा अज बहादुर सेजुवाल, कोषाध्यक्षता गगन बहादुर बुढासहित ११ सदस्यीय सञ्चालक समितिलाई सर्बसम्मत चयन गरेको हो ।

पत्रकारहरु आफैमा आर्थिक सम्पन्न नहुने र समाचार संकलनका लागि हरेक ठाँउ बस्तीमा जानुपर्ने भएकाले उनीहरुको समस्यालाई मध्येनजर गर्दै आफ्ना हरेक भाडामा चल्ने साना तथा ठूला सवारी साधनहरुमा ५० प्रतिशत छुट दिने निर्णय गरेको नव–निर्वाचित अध्यक्ष चौलागाँईले बताउनुभयो । यस छुट सेवाका लागि लागि प्रालिले पत्रकारहरुलाई छुट्टै परिचय–पत्रको व्यवस्था गर्नेछ ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्