पूर्वनयाँ शक्तिमा पहिरोमा, युवा संयोजकसहित ७ दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश !


 


काठमाडौं, बाबुराम भट्टराई नेतृत्वकाे समाजवादी पार्टी नेपालका ७ दर्जनभन्दा बढी जिल्ला नेताले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

राजधानीको बालाजुमा आइतबार उनीहरु एक कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । तत्कालिन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता भएपछि सो पार्टीमा चरम असन्तुष्टि बढेको थियो ।
उनीहरुलाई धादिङका प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनी र पूर्व माओवादी नेता पुष्प विक्रम मल्लले पार्टी प्रवेश गराएका हुन् ।

समाजवादी पार्टी नेपाल निकट युवा संगठन धादिङका संयोजक टिकराम तामाङ, सचिव सुरेश तामाङ, जिल्ला परिषद सदस्य सन्दिप स्याम्चेन, जिल्ला सचिवालय सदस्य टिकाराम तामाङ, युवा संगठन जिल्ला सदस्य जंगे गुरुङ, बुद्धिमान तामाङ, लालविर गुरुङ, पार्टी सदस्य बुद्ध तामाङ, राजवीर गुरुङ लगायत नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्