अनलाइन सिस्टममा समस्या आएपछि लोकसेवा आयोगको फर्म भर्ने म्याद थपियो


 


काठमाण्डौँ, असार ३

स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् ।

सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ । दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने छ जानकारी आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदले जानकारी दिए ।

लोक सेवा आयोगले स्थानीय तहमा ९ हजार १६१ जनाको लागि भर्ना खोलेको छ । तर यो विज्ञापन समावेशी नभएको भन्दै बिरोध भइरहेको छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्