देउवालाई बोल्न नदिनु सभामुखको गैरउत्तरदायी काम भएको काँग्रेसको आरोप


 


काठमाडौं, असार ३

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिनु सभामुखको गैरउत्तरदायी काम भएको आरोप लगाएको छ । प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको प्रेस विज्ञप्तीमा प्रतिपक्ष दलको नेताले बोल्न समय माग्दा पनि नदिएर सभामुखले संसदीय अभ्यास उल्लंघन गरेको बताएका छन् ।

“विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको वेल घेर्नुपर्ने अवस्था सृजना भएको छ,” उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य हो । यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।”

प्रधानमन्त्री देश बाहिर विदेश भ्रमणमा जाँदा संसदलाई सम्बोधन गरी कुन–कुन देशमा भ्रमण गर्ने, कोकोसँग के विषयका छलफल गर्ने र नेपाललाई त्यसबाट के प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी दिने प्रचलन हुने भए पनि प्रधानमन्त्री यूरोप भ्रमण जाँदा सदनलाई र जनतालाई कुनै जानकारी नै नदिएको कांग्रेसको आरोप छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्