मित्र शेरबहादुर देउवालाई संसदीय मर्यादा थाहा हुनुपर्ने !


 


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने अन्तर्राष्ट्रिय प्रचलन भएको दावी गरेका छन् ।

हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्य अन्तर्गत मंगलवार आफूलाई सदनमा बोल्न अवरोध गरिएको उनको दावी छ ।

संसदमा सम्बोधन गर्न नपाएपछि अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले संसदमा असंसदीय क्रियाकलाप गरेको आरोप लगाए ।

‘कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न रोक्नको लागि संसदको काम कारवाही अवरुद्ध गर्‍यो, लामो लोकतान्त्रिक आन्दोलनबाट आएका मित्र शेरबहादुर देउवा आफैं नेतृत्व गरेर वेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने,’ ओलीले भने ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्