एक भारतीय नागरिक भैरहवा एयरपोर्टबाट हतियारसहित पक्राउ, १३ राउण्ड गाेली र पेस्तोल बरामद


 


काठमाडाैँ । एक भारतीय नागरिक भैरबहवा विमानस्थलबाट हतियारसहित पक्राउ परेका छन । प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट मंगलबार हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएपछि उनलाइ नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखनउस्थित सिन्दु नगरका ५० वर्षीय उमेश शुक्ला रहेका छन् । विमानस्थलमा एक्सरे मेसिनमा चेक गर्दा मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल र सोही पेस्तोलमा लाग्ने १३ राउन्ड (दुई म्याग्जीन) गोली फेला परेको प्रहरीले जनाएको छ । उनको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराजा भण्डारीले बताएका छन ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्