समता अस्पतालको ‘शंकास्पद मृत्यु’ प्रकरणमा उत्तम सञ्जेल पत्नीसहित पक्राउ


 


काठमाडौं : समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ‘चिट’लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जनालाई पक्राउ गरेको छ।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल सुसाइट नोटका आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका स्टाफलाई प्रहरीले समातेको हो।आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्लले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो।

समता अस्पताल तनावग्रस्त, मृत फेला परेकी युवतीको विषयलाई लिएर प्रदर्शन

बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर आफन्त तथा स्थानीयले प्रर्दशन गरेका छन्। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुले नाराबाजी गरेका हुन्।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।तामाङ्को शव अस्पतालको शौचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।बोगटीले भने ‘सलको पासो बनाएर झुन्डिएको फेला परेको छ। घटनाको थप अनुसन्धान गर्दैछौं।‘मृतक तामाङ अस्पतालकी कर्मचारी समेत हुन्।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्